राजनीति

पाइपलाइनको ग्यासबाट चुल्हो बाल्दैँ प्रधानमन्त्री ओलीले भनेः अब यस्तै चुल्हो सबै नेपालीको घर-घरमा बल्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विराटनगर उपमहानगरपालिका १४ का घरघरमा निर्माण गरिएको पाईपलाइन ग्यासको उद्घाटन गरेका छन् । अघिल्लो प्रधानमन्त्रीकालमा घर–घरमा पाइपलाइनबाट ग्यास पुर्याउने प्रतिबद्धता जनाएका वर्तमान प्रधानमन्त्री ओलीले उपमहानगर १४ स्थित श्रीकृष्ण गौशालामा बनेको वायोग्यासको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दैँ प्रधानमन्त्री ओलीले यस्तो क्षेत्रमा लगानी गर्न उद्योग व्यावसायीलाई आग्रह समेत गरेका छन् । ओलीले पाईपलाईनबाट कार्यक्रम स्थलमै ल्याईएको ल्याईएको चुल्हो बाल्दैँ २ बर्ष अगाडी आफूले बोलेको कुराको सुरुवात भएको बताए ।, अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।, यो काम देशका अरु क्षेत्रमा पनि जारी छ, अब यस्तै चुल्हो सबै नेपालीको घर-घरमा बल्छ’

तत्कालिन समयमा प्रधानमन्त्री ओलीलाई हावादारी सपना बाडेको भन्दैँ केहीले उनको चर्को आलोचना गरेका थिए तर अहिले उक्त सपना साकार बनेको छ । सो क्षेत्रमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ भने उत्पादन लागत करिब ८४ लाखको हाराहारीमा रहेको छ ।