मनोरञ्जन

विदेशमा रहेको सम्पूर्ण नेपालीहरुमा समर्पित “विरानो ठाँउ” बजारमा (भिडियो सहित)

काठमाण्डौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकाहरु कम मात्रामा आइरहेको अवस्थामा रामेछाप म्युजिक प्रालीको प्रस्तुतिमा राम परियारको मार्मिक जिवन भोगाईमा आधारित गीत “विरानो ठाँउ” गीतको भिडियो बजारमा आएको छ । गायिका पुर्णकला विसी र गायक कमल सुसान्त केसीको आवाजमा विरानो भुमीमा विभिन्न घरायसी बाध्यताले गएका युवाको पिडालाई आधारित रहेर तयार परिएको छ ।

राम परियारको शब्द सिर्जना, एच वि रसाइलीको लय सिर्जना तथा कमल सौरागको एरेन्ज गीतमा रहेको छ । टंक केसीको छाँयाकन , सुजन शाहीको सम्पादन तथा खमेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमी प्रेमिकाको भुमिकामा कमल बुढा र सर्मिला सिलवालको जिवन्त अभिनय रहेको छ ।
हेर्नुहोस भिडियोः–