मनोरञ्जन

साइनाले हात पारिन ‘मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८’ को उपाधी’

काठमाडौं । परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन् ।

कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् । त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् ।

त्यसैगरी सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुल को पनि अवार्डु हात पारेकी हुन् ।
यस्तैगरी थर्ड रनरअप पुनम घिमिरे भइन् भने उनले मिस डिसिप्लीन अवार्ड पनि जित्न सफल भइन ।

विधागततर्फ भने समिक्षा रेग्मीले ‘मिस हार्ड वर्किङ’ को उपाधी हात पारीन् । सोनिका ताम्राकारले मिस पपुलर, जेशिका रावलले मिस सोसियल पोल्टामा पार्दा सरिना नापितले मिस पर्सनालिटी अवार्ड हात पारीन् ।

त्यस्तै बेस्ट पर्फर्मेन्स मोनिका न्यौपाने, बेस्ट स्पीच र बेस्ट स्टुडेन्ट अवार्ड प्रतिभा पन्थी ले जित्न सफल भइन भने रविना श्रेष्ठले बेस्ट वाक, सन्ध्या भट्टराईले बेस्ट स्माइल, सन्ध्या महर्जन मिस फोटोजेनिक, मिस पङ्चुवालिटि अलिजा सेढाई र मिस इन्टेलिजेन्ट सिम्रोन बास्तोला घोषित भइन । कार्यक्रमको निर्णायकमा चर्चित गायक आनन्द कार्की वरिष्ठ सौन्दर्यविद सिता न्यौपाने पाठक,संचारकर्मी तथा समाजसेवी किशोर भट्राई तथा संगितकार रोशन भट्राई रहेका थिए ।

प्रतियोगितामा विजेता साइना कुँवरले मिस टुरिज्म नेपाल २०१८’ कोे ताज र उपाधि सहित नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर र इन्डोनेशियामा हुने बिश्वब्यापी पर्यटन र संस्कृति प्रवर्द्धन सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन ।

सिङ्गापुरको लुमिनी ईन्टरनेशनल संगको सहकार्य संगै नेपाल पर्यटन बोर्डको सहयतामा देशको संस्कृति तथा पर्यटन अन्तरास्ट्रिय स्तरमा प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको प्रतियोगितामा अन्तिम १५ प्रतिस्पर्धी छनौट गरिएको थियो ।

पर्यटन प्रवद्र्धनको निमित्त यस प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा परेली मिडियाका अध्यक्ष बर्षा कार्कीले जानकारी दिए ।