मनोरञ्जन

नरेश भट्टराई र कीर्ति भट्टराईले उद्घाटन गरे मेघा डेकोर

काठमाडौं । विभिन्न इन्टेरियर डिजाइन र सजावटका सामग्री उपलब्ध गराउने मेघा डेकोर एन्ड इन्टेरियर हाउसको नयाँ सोरुम बाँसबारीमा स्थापना भएको छ । उद्घोषक नरेश भट्टराई र सिनेकर्मी कृति भट्टराईले सोरुमको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा लायन्स डिष्ट्रिक्ट गभर्नर अनन्त भेटवाल र मेघा डेकोर एन्ड इन्टेरियर हाउसकी अध्यक्ष सविता प्याकुरेल र प्रबन्ध निर्देशक उपेन्द्र प्याकुरेल समेत संलग्न थिए ।
उक्त सोरुममा घरको आन्तरिक सजावटका लागि आवश्यक सम्पूर्ण सामग्री पाइन्छ । सोरुममार्फत बेड, दराज, मोड्युलर किचेन, सोफा, पार्केट, स्टिल फेब्रिकेसन, आल्मुनियम फेब्रिकेसन, फल्स सिलिङ, सिमेन्ट बोर्ड पार्टिसन, अफिस सेटअप लगायतका सबै सेवा उपलब्ध गराइन्छ ।

कोटेश्वरमा सन् २००९ मा स्थापना भएको मेघा वाटर ट्रिटमेन्टबाट व्यवसाय विस्तार हुँदै हाल मेघा डेकोर एन्ड इन्टेरियर हाउसको रुपमा दोस्रो सोरुम बाँसवारीमा स्थापना भएको हो ।
ग्राहकहरुलाई उच्च गुणस्तरीय सामग्री प्रदान गर्ने लक्ष्यका साथ यसको स्थापना गरिएको निर्देशक आयुष प्याकुरेलले बताए ।