लुम्बिनी

भ्यूटावर निर्माण

दाङ । घोराही उपमहानगरपालिका–१८ मा भ्यूटावर निर्माण गरिएको छ । स्थानीयवासी ८७ वर्षीय मनबहादुर पुन, उनकी श्रीमती ७८ वर्षीया दिलमाया पुन, छोरा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा बसन्त पुनले रु ४० लाखमा उक्त भ्यूटावर निर्माण गरेका हुन् । घोराही– १८ स्थित नमःछु बौद्ध गुम्बा परिसरमा सो भ्यूटावर निर्माण गरिएको हो ।

‘मनदिल पुन’ नामाकरण गरिएको उक्त भ्यूटावरमा सिसीटिभी क्यामेरा र दूरवीन राख्न थप रु पाँच लाख खर्च हुने बताइएको छ । भ्यूटावरबाट एक पटकमा १५ जनाले अवलोकन गर्न सक्नेछन् । बाउन्न फिट अग्लो सो भ्यूटावर चढ्न सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ । सो भ्यूटावरको बुधबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको गुम्बा समितिले जनाएको छ ।