उर्जा

घर–घरमा पाइपलाइनबाट जोडिएको ग्यासको उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगरमा

काठमाडौं । अघिल्लो प्रधानमन्त्रीकालमा घर–घरमा पाइपलाइनबाट ग्यास पुर्याउने प्रतिबद्धता जनाएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विराटनगर उपमहानगरपालिका १४ का घरघरमा निर्माण गरिएको पाईपलाइन ग्यासको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले उपमहानगर १४ स्थित श्रीकृष्ण गौशालामा बनेको वायोग्यासको उद्घाटन गर्नें भएका हुन् ।

तत्कालिन समयमा प्रधानमन्त्री ओलीलाई हावादारी सपना बाडेको भन्दैँ केहीले उनको चर्को आलोचना गरेका थिए तर अहिले उक्त सपना साकार बनेको छ । सो क्षेत्रमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ भने उत्पादन लागत करिब ८४ लाखको हाराहारीमा रहेको छ ।

उक्त वायोग्यास वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा निर्माण गरेको छ ।