पत्रपत्रिका

झाको हत्यामा भान्साको चक्कु प्रयोग भएको खुलासा

काठमाडौं । प्रहरीले पूर्वराजदूत केशव झाको हत्यामा संलग्नभएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो । मालीहको नाम खुलाइएको छैन ।

नियन्त्रणमा लिइएका तीन जनासँग दिनभरि सोधपुछ गर्दा पनि परिणाम ननिस्केपछि तराईमा क्रियाशिल भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, तर अनुसन्धानको केन्द्रमा भने नियन्त्रणमा रहेकै व्यक्ति छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

महानगरी प्रयरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने, ुशंका धेरैतिरबाट भए पनि थ्रेटको जानकारी परिवारका सदस्यलाई समेत नभएकाले अनुसन्धान चिरपरिचित व्यक्तिमै केन्द्रित छ ।ु

ुभान्साकै चक्कु प्रयोग गरी हत्या गरिनु र चक्कु त्यहि छोडिनु जस्ता विषयलाई हेर्ने हो भने हत्या गर्ने व्यक्ति वा समूह टाढा छैन भन्ने हाम्रो अनुमान हो ।ु महाशाखा प्रमुख सिंहले भने ।