मनोरञ्जन

टाटा मोटर्स कार मेला सिजन – ६ सम्पन्न

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन ६, सफलताका साथ आइतबार बेलुका सम्पन्न भएको छ्र ।

३ हजार भन्दा बढी दर्शकले अबलोकन गरेको सो कार मेलामा अबलोकनाकर्ताहरु टाटाका विभिन्न कारबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरन्जनात्मक कार्यक्रम मा सहभागी हुनु का साथै मिठा मिठा परिकार को स्वाद लिदै रमाएका थिए ।

आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए । जस मध्ये ९८ जनाले बुकिंग गरेका छन्।्र ४५० भन्दा बढी दर्शकले एक्सचेन्जका लागि आफ्नो पुरानो गाडीको मुल्यांकन गराएका थिए ।

कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्सेंज सुबिधा, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु रहेका थिए । पूर्व घोषणा गरिए अनुसार टेस्ट ड्राइभ गरेर लक्की ड्र मार्फत सुमन श्रेष्ठ ले होलिडे प्याकेज पाउनुभयो, गाडी बुक गरेर भुवन के सी र टिका दत्त पाण्ड ले २ वर्षको लागि फ्री सर्वि्सिंगको कुपन पाए ।

सुनिल कुमार श्रेष्ठ र ट्रान्स सोलुसन्सले ६ महिनाका लागि फ्री इन्धन पाए । साथै संजीभ कुमार शर्मा नेपाल, प्राचिन श्रेष्ठ र सुरेश भुसाल ले फ्री कम्प्रिहेंसिव इन्सुरेन्स हात पारे भने राधिका अर्याल दाहाल, सुनिल श्रेष्ठ र सरोज श्रेष्ठ ले क्रमस हिरा को औठी, थाइल्याण्ड टुर र युरोप टुर जिते । त्यसैगरी भ्यालुएसन गर्नुहुने ग्राहक मध्ये रोशना आचार्य र सैलेश लामिछाने ले फ्री वासिंग कुपन र फुल ट्यांक इन्धन प्राप्त गर्नुभयो । यति मात्र नभई श्री कृष्ण ख्युजु, सुनिल कुमार श्रेष्ठ र शिखर इन्स्योरेन्स ले प्रत्येक दिन बुकिंग गर्ने ग्राहकमध्ये एकलाई दिने भनिएको मोबाइल लक्की ड्र मार्फत जिते ।

बिशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको यस कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । कम्पनि ले आशा गरे बमोजिम मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहाजनक सहभागिता रह्यो ।