खेलकुद

गोल्डेनपीक अन्तर विद्यालय बास्केटबल शुरु, आयोजकको विजयी शुरुवात

काठमाडौं । सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

सरस्वतीनगरस्थित आयोजक स्कुल गोल्डेनपीकको कोर्टमा भएको उद्घाटन खेलमा आयोजक गोल्डेनपिक स्कूलले विजयी शुरुवात गरेको छ । सिनियर छात्र तर्फको खेलमा गोल्डेनपिकले बेबिलोन स्कूलाई ४७–३५ ले हराउँदा लाक्पा शेर्पाले सर्वाधिक १५ स्कोर गरेका थिए ।

त्यस्तै प्रतियोगितामा ग्रीनल्याण्डले दोहोरो जित निकालेको छ ।

जुनियर छात्र तर्फको खेलमा ओडीसीमाथि १५–१४ को कठिन जित निकाल्न सफल भयो । सुरेश गुरुङले ग्रीनल्याण्डका लागि सर्वाधिक ६ स्कोर गरे । सिनियर छात्रको खेलमा ग्रीनल्याण्डले न्यू बुद्धलाई ३३–२० ले हराउँदा राजीव आलेले १० स्कोर गरे ।

ह्वीज किड्सले रिलायन्सलाई ३२–२६ को स्कोरमा हराउँदा प्रसिद्ध थापाले १३ स्कोर गरेका थिए ।

जुनियर छात्रमा एन्जल हर्टले हिमशीलालाई ३३–२१ को स्कोरमा पछि पार्दा कोशिस केसीले सर्वाधिक २० स्कोर गरे । जुनियर तर्फ लालीगुराँसले नवजीवनलाई १५–९ को स्कोरमा हरायो ।

प्रतियोगिताको उद्घाटन विद्यालयका सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार खत्री र विद्यालयका प्रिन्सिपल छत्रमणि राईले संयुक्तरुपमा गरेका थिए । ९ गते सम्म लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा दुवै समूहका १२ टिम रहेका छन् ।