कर्णाली प्रदेश

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी

वीरेन्द्रनगर । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आज अपराह्न आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ ।

आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए । उनका अनुसार आगलागीबाट रु १२ लाखको जेनेरेटरमा क्षति भएको छ ।
आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।