कृषि

अनुगमनमा अवरोध

काठमाडौँ । कालीमाटीका तरकारी व्यापरीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा आज कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएको हो । व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री यादवले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताए । “व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उनले भने, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गतल व्यवहार गरेका हुन । त्यसको छानबिन हुन्छ ।” मन्त्री यादवसँगै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे बजार अनुगमन गर्न गएका थिए ।

अनुगमन टोली यसअघि धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लामा पुगी किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा टोलीले आज बिहान कालीमाटीबाट दुई तरकारी ढुवानी गरेको गाडी नियन्त्रणमा लिएको थियो । जानकारी लिने क्रममा अनुगमन टोलीमाथि दुव्र्यवहार भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव रवि किरण यादवले जानकारी दिए । कालीमाटी फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको उनले बताए ।