अन्तर्राष्ट्रिय

प्रधानमन्त्री जस्टिन दोस्रो कार्यकालका लागि उम्मेदवार

मन्ट्रियल । क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डोले सन् २०१९ मा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई उभ्याउने घोषणा गरेका छन् ।

लिबरल पार्टीका नेता जस्टिनलाई मन्ट्रियल जिल्लाबाट सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ । यस जिल्लाबाट उनी सन् २००८ देखि लगातार विजयी हुँदै आएका छन् । उनी सन् २०११ र २०१५ मा पुनः विजयी भएका थिए ।

जस्टिनले समर्थकहरुलाई सम्बोधन गर्दै बलियो मुलुक र बलियो विश्व बनाउने अभियानमा आफूले प्रयास गर्ने बताए । उनले धनी र गरिबबीचको खाडललाई न्यून गर्ने प्रतिज्ञा गर्दै आदिवासी समुदायको आर्थिक सामाजिक उन्नतिका लागि काम गर्ने बताए ।

सन् २०१९ अक्टोबर २१ मा हुने संसदीय निर्वाचनलाई मध्यनजर गरी गत जुलाईको मध्यमा ट्रुडोले आफ्नो सरकारमा फेरबदल गरेका थिए । यहीबीच विश्व व्यापारमा तनाबको स्थिति पनि उत्पन्न भएको छ र यसले ट्रुडोमाथि दबाब सिर्जना गरेको छ । -एजेन्सी