मनोरञ्जन

पहिलो लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतिस्पर्धा, क–कसले जिते टाइटल ?

काठमाडौं । सर्लाहीमा भएको पहिलो लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिताको बिजेता बबिता श्रेष्ठ र कौशल दाहाल भएका छन् । उनीहरुले सिनियर गल्र्स र सिनियर ब्वाइजतर्फको टाइटल जितेका हुन् ।

ग्लामरस नेपालको आयोजनामा भएको प्रतियोगितामा सिनियर गल्र्सतर्फ फस्र्ट रनर अप आज्ञा खाती क्षेत्री, सेकेन्ड रनरअप नेहा कार्की र थर्ड रनरअप प्राप्ती पनेरु भए । यही समुहमा प्राप्ती पनेरु ब्युटिफुल फोटोजेनिक, बबिता घिमिरे बेस्ट लिडरसिप, राधा महत्तो ब्युटिफुल हेयर, कृतिका बस्नेत बेस्ट एक्स्प्रेसन, दृष्टी बस्नेत बेस्ट पपुलर, सरला मगर ब्युटिफुल वाक, आयुष्मा पाख्रिन ब्युटिफुल पर्सनालिटी, अमिशा कार्की बेस्ट कन्फिडेन्ट, आज्ञा खत्री बेस्ट फ्रेन्डसिप, नेहा कार्की बेस्ट लिडरशिप, दिब्या चौधरी बेस्ट पर्फर्मेन्स, आज्ञा खाती बेस्ट ट्यालेन्ट, बबिता श्रेष्ठ मस्ट ब्युटिफुल, शुभेच्छा थपलिया बेस्ट डिसिप्लेन, मौशम महत्तो मस्ट हेल्पफुल, आश्था चौधरी ग्लामरस आइज, बबिता मगर ब्युटिफुल स्माइल, अग्रिमा न्यौपाने लभली पोज, शर्मिला कार्की बेस्ट कन्फिडेन्ट र आशियाना बराल बेस्ट चार्मिंग टाइटल विनर भए ।

जुनियर गल्र्सतर्फ शुभेच्छा श्रेष्ठले टाइटल अवार्ड जितिन । यस सहुहमा फस्ट रनरअप खुशी स्यांतान, सेकेन्ड रनरअप कृतिका दाहाल र थर्ड रनरअप प्रज्ञा कार्की भए । जुनियर गल्र्स प्रतिस्पर्धामा प्रयुशा थपलिया मस्ट ब्युटिफुल, शुभेच्छा श्रेष्ठ ब्युटिफुल हेयर, खुशी श्रेष्ठ बेस्ट ट्यालेन्ट, आरजु चौधरी ब्युटिफुल स्माइल, अन्जना माझी बेस्ट डिसिप्लेन, कृतिका दाहाल बेस्ट कन्फिडेन्ट, विनिशा दाहाल बेस्ट पफर्मेन्स र प्रज्ञा खाती बेस्ट फ्रेन्डशिप अवार्ड विनर भए ।

यसै गरी सिनियर ब्वाइजतर्फ अमनकुमार कलवाल फस्ट रनर अप, रितिक बुढाथोकी सेकेन्ड रनरअप र विवश पोखरेल थर्ड रनरअप भए । यस समुहमा अमितकुमार कलवाल बेस्ट कन्फिडेन्ट, ऋतिक बुढाथोकी बेस्ट फ्रेन्डसिप, अमित कार्की बेस्ट पफर्मेन्स, अनिश लामा बेस्ट ट्यालेन्ट, आर्य थापा मस्ट हेन्डसम, दीपक यादव बेस्ट डिसिप्लेन र विवश पोखरेल बेस्ट स्माइल अवार्ड विनर भए ।

जुनियर ब्वाइजतर्फ विश्लेषण पौडेल विनर भए । यस्तै फस्र्ट रनरअप गौरब दाहाल, सेकेन्ड रनरअप प्रनयराज न्यौपाने र थर्ड रनरअप मनोज दाहाल भए । जुनियर ब्वाइजतर्फ सुगम घिमिरे मस्ट हेयान्डसम, सार्थक घिमिरे स्मार्ट वाक, विश्लेषण पौडेल बेस्ट ट्यालेन्ट, गौरब दाहाल बेस्ट स्माइल, अमित अमोन यादव बेस्ट इनरजेटिक, युवराज क्षेत्री बेस्ट पर्सनालिटी, शुभम साह बेस्ट डिसिप्लेन, जिलभ बोम्जन बेस्ट फोटोजेनिक, लक्ष्मी यादव बेस्ट कन्फिडेन्ट, शभ्य रौनियार बेस्ट चार्मिंग, प्रनयराज न्यौपाने बेस्ट लिडरशिप, शसांक शाह बेस्ट पर्फर्मेन्स, मनोज दाहाल बेस्ट फ्रेन्डसिप र केशव थिंग बेस्ट इनरजेटिक टाइटल विजेता भए ।

प्रतियोगिताको निर्णायकमा बरिष्ठ लीलानाथ घिमिरे, शिक्षाविद् कृष्ण उप्रेती, कलाकार प्रकाश घिमिरे, मिस सिन्धुली सेन्जल श्रेष्ठ, मिस सिन्धुलीकी फस्र्ट रनरअप सृष्टी स्यांग्बो र मोडल आशिष प्रधान रहेका थिए । सर्लाहीका बालबालिकाको भित्री प्रतिभा उजागर गर्न पहिलो पटक यस्तो प्रतिस्पर्धा आयोजना गरिएको आयोजक ग्ल्यामरस नेपालका अध्यक्ष आशिम ज्वयल श्रेष्ठले बताए ।

कार्यक्रममा चर्चित डान्स रियालिटी शो बुगिउगीकी विजेता सर्लाहीकी कविता नेपालीलाई आयोजक ग्लामरस नेपाल, लाबलन्दी नगरपालिका र लालबन्दी जेशिसले संयुक्त रुपमा सम्मान गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए ।