समाचार

पन्ध्र लाख नगद लुटिएको भनि नाटक गर्ने व्यक्ति नगद सहित पक्राउ

काठमाडौं । करिब १५ लाख लुटिएको भन्दैँ नाटक गर्ने नगदसहित समातिएका छन् । सोमबार नाटकीय रुपमा पिडित अस्गर अलीलाई पक्राउ गरिएको हो ।

उनले देखाएअनुसार सोनाम लेखिएको झोला तलासी लिदा नेपाली नगद १५ लाख ३१ हजार ८ सय चिनिया युवान एक सय दरको १ थान, दशको १ थान,चावी थान ७ र सामसोङ्ग कम्पनीको १ मोवाईल लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको छ ।

आईतबार दिउसोका समयमा बज्रयोगिनि बहुउद्देसीय सहकारी संस्था न्योरोड बाट १५ लाख ३१ हजार ८ सय निकाली आफ्नो पसल क्षेत्रपाटी तर्फ आउंदै गरेको अबस्थामा २२० सि.सि.को मोटर साईकलमा आएका व्यक्तीहरुले धारिलो हतियार खुकुरी देखाई नियन्त्रणमा लिई स्वयम्भुको जंगलमा लगि उक्त रकम लुटेको भन्ने जानकारीको आधारमा अस्गरलाई नियन्त्रणमा लिईएको थियो । तर त्यो झुठ भएको खुलेपछि अस्गर स्वयंम फसेका हुन् ।

महानगरीय प्रहरी वृत्त लैनचौर कार्यालय प्रमुख र परिसर काठमाडौवाट खटिएको प्रहरी टोलीले पिडित भनिएका अस्कर अलि लाई सम्पर्क गरी अनुसन्धान गर्दै जाँदा उक्त रकम आफुले लुटिएको भनि झुठा जानकारी गराएको खुलेको थियो ।