मनोरञ्जन

किशनले भित्र्याए कान्छि (हेर्नुहोस् भिडियो)

काठमाडौँ । बिगत केहि समय देखि अमेरिकामा बसोबास गर्दै संचार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संचारकर्मी किशन रेग्मीले पछिल्लो क्रममा गायकको परिचय बनाएका छन् । केही समय अघि उनले बजारमा ल्याएको ‘कान्छि हे कान्छिु बोलको गित बाट उनि गायक भएका हुन्। अहिले उक्त गीत फेरी परिमार्जित सहित रिमिक्स भर्सनमा भिडियो सहित सार्वजनिक भएको छ । यस अघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडिया संग सहकार्य गरी झन्डै दुई महिना अघि युटयुब मार्फत उक्त गीतको अफिसियल भिडियो ल्याएका थिए । जुन गीत युट्युबमा अपलोड भएपछि दर्शकले गीतलाई रुचाएका थिए।

दर्शकको राम्रो प्रतिकृया पाएपछि उनमा पुनः गीतलाई परिमार्जन गर्ने उत्साह जाग्यो । त्यही अनुरुप उनले गीतको भिडियोलाई अहिले फेरी डान्सिङ नम्बर दिएर निर्माण गरेका छन् । छमछमी सिजन वानका उत्कृष्ट दश प्रतिस्पर्धी मध्येका एक विक्रम विकको डान्सीङ क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ । गीतमा उनीसंग मोडल तथा डान्सर आरजु उप्रेतीको आकर्षक डान्स रहेको छ । झापाका रमणीय स्थानहरुमा छायांकन भएको भिडियोमा यस पटक स्वंय गायक किशनलाई पनि देख्न सकिन्छ । प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको संगीत रहेको गीतमा गायक किशनलाई गायिका श्रृति योगीले साथ दिएकी छिन् ।

गायक किशनलाई यो पहिलो गीतले लोकप्रियता दिलाएपछि पुनः दोस्रो गीत गाउन दर्शकले हुटहुटी दिएका छन् । ‘पुन अर्को गीत ल्याउन मलाई दबाब आएको छ ’उनले भने– ‘पहिलो प्रयासलाई दर्शकले राम्रो प्रतिकृया दिए पछि हौसिएको छु । गायक किशनले महिलाहरुको महान पर्व हरितालिका तीज पछि अर्को नया गीत सार्वजनिक गदैछन् ।

हेर्नुहोस् भिडियोः–