सामाजिक सञ्जाल

बाबुरामको ट्वीटः विप्लवका नेतालाई मुद्धा लगाईनु हास्यास्पद

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले अराजनीतिक आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्तामाथि मुद्धा लगाउनु गलत भएको बताएका छन् । सोमबार एक ट्वीट गर्दै संयोजक भट्टराईले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, जीवन्त र गम्भीरलाई मुद्धा लगाईनुलाई हास्यास्पद कार्यको संज्ञा दिएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले उक्त पार्टीका केन्द्रिय नेताहरुसँग राजनीतिक व्यवहार गर्न सरकारलाई आग्रह गरेको छ ।
उनले कार्यदिशामा मतभेद भएपनि विप्लवको पार्टीलाई राजनीतिक शक्तिको रुपमा नकार्न नसकिने जनाएका छन् ।

यस्तो छ भट्टराईको ट्वीटः–