समाचार

लोकसेवाको भर्ना रोकिदैँछ ? मन्त्री लालबाबु पण्डित भन्छन्: हल्लाको पछि नलाग्नुस्

एचआर जोशी/काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले लिने कर्मचारी भर्ना नरोकिन स्पष्ट बताएका छन् । लोकसेवाले कर्मचारी भर्ना नलिने अर्थात भर्ना रोकिने भन्ने कुरा हल्लामात्रै भएकाले त्यसलाई विश्वास नगर्न मन्त्री पण्डितले बताएका हुन् ।

सबै संवैधानिक निकायलाई स्वतन्त्रताको आधिकार भएको भन्दैँ मन्त्री पण्डितले लोकसेवाको क्षेत्राधिकारमा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने बताए ।

आईतबार राजधानीमा आयोजिक एक कार्यक्रममा मन्त्री पण्डितले भने, ‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ ? केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ ?’

सरकारले खटाएको ठाउँमा कर्मचारीले ईमान्दारितापूर्वक जानुपर्ने उनको भनाई थियो ।