विचित्र संसार

दाइलाई बचाउन भाइले गरे आत्महत्या !

काठमाडौं । जीवन–मरणको दोसाँधमा रहेका आफ्नालाई बचाउन मानिसले के गर्न सक्छ ? तपाईले भन्नु होला–पैसा सहयोग गर्न सक्छन्, अर्थात अङ्गदान गर्न पनि तयार हुन्छ । तर, यो संसारमा यस्ता पनि मानिस छन् जसले आफ्नालाई बचाउन आफै मर्न तयार हुन्छ ।

भारतको गुजरात राज्यस्थित एक विद्यार्थीले दाजुको ज्यान बचाउनका लागि आफ्नो ज्यान नै दिएका छन् । १९ वर्षीय नैतिक तन्देल आफना बिरामी दाजुलाई किड्नी दान गर्न चाहन्थे । यसका लागि शनिवार उनले अस्पतालको कोठामा झुण्डिएर आत्महत्या गरे । तर उनको यो बलिदान चिकित्सकहरुका कारण काम लाग्न सकेन । चिकित्सकहरुले दाजुको शरीरमा प्रत्यारोपण गर्न नमान्दा उनको मृगौला खेर गएको छ ।

जानकारी अनुसार पुलिसले नैतिक झुण्डिएको कोठाबाट सुसाइड नोट पनि बरामद गरेको छ । यसमा मृतक नैतिकले दाजु कनिषलाई मृगौला दान गर्ने इच्छा जनाएका थिए । नैतिकले सुसाइड नोटमा लेखेका थिए ‘दाजुलाई किड्नी दान गर्न चाहन्छु । यसैले आफ्नै खुीले ज्यान दिँदैछु । यसमा कसैको हात छैन र मेरो आत्महत्याबारे कसैलाई नसोध्नुहोला ।’

उनले सुसाइड नोटमा अगाडि लेखेका छन्, ‘किड्नी दाजुलाई प्रत्यारोपण गरिदिनु होला । बाँकी शरीर कुनै आवश्यक परेको स्थानमा दिनुहोस ।’ नैतिक गुजारतको वलसाडस्थित पारदीका बासिन्दा थिए । उनी गुजरातकै वरनामामा बाबरिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा सेकेन्ड इयरका विद्यार्थी थिए । २५ जुनबाट तेस्रो वर्षको पढाई थाल्ने तयारीमा थिए ।

नैतिकका पिता अवकाशप्राप्त कर्मचारी हुन् । आमा भने गृहिणी हुन् । परिवारका अनुसार २० जुनको साँझ फोनमा नैतिकसँग कुरा भएको थियो । फोनमा कुरा हुँदा उनले कुनै प्रकारको तनाव प्रकट गरेका थिएनन् । जानकारी अनुसार नैतिकका दाजु पछिल्लो कयौँ दिनदेखि बिरामी थिए । उनका दुवै मृगौला फेल भएका थिए । त्यहीकारण उनी डाइलिसिस गरिरहेका थिए ।

समाचार अनुसार नैतिकले दाजुको यो पीडा देख्न सकेका थिएनन् । उनले दाजुलाई किड्नी दान गर्ने योजना बनाएका थिए । त्यसैले उनले अस्पतालको कोठा बन्द गरेर आत्महत्या गरे । नैतिकको इच्छा अनुसार परिवारजनलले जिल्लाको एसएसजी अस्पताललका डाक्टरसँग किड्नी ट्रान्सप्लान्टका लागि सहयोग मागे । तर जब शवलाई अस्पताल लगियो तब डाक्टरले ट्रान्सप्लान्ट गर्न इन्कार गरिदिए । –एजेन्सी