खेलकुद

बासुदेव बेलारुस प्रस्थान

काठमाडौं । बेलारुसमा हुने १३औँ जुनियर तथा ८औँ भेट्रान्स जुनियर आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालका बासुदेव भट्ट त्यसतर्फ प्रस्थान गरेका छन् ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा आयोजित एक कार्यक्रमका बीच बासुदेवलाई दक्षिण एसियाली आइटिएफ महासंघका उपाध्यक्षसमेत रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बिदाई गरे ।

अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत रहेका धमलाले राष्ट्रिय झन्डा र देशको भूमि स्मरण गर्दै उचो मनोबलसहित उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । आगामी १९ देखि २७ अगस्टसम्म बेलारुसको मिनिस्क शहरमा हुने विश्व च्याम्पियनसिपमा बासुदेवले भेट्रान्सतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

उनले फाइटतर्फ ९२ केजीमूनि नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । नेपाल आइटिएफ तेक्वान्दो महासंघका कोषाध्यक्षसमेत रहेका बासुदेवले विश्व च्याम्पियनसिपकै दौरान हुने अन्तर्राष्ट्रिय आइटिएफ महासंघको कंग्रेस सहभागिता जनाउनेछन् । जहाँ बासुदेवले नेपालमा आइटिएफको वर्तमान अवस्था र आगामी कार्ययोजना समेत प्रस्तुत गर्नेछन् । बासुदेव नुवाकोट जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष समेत हुन् ।