मनोरञ्जन

चन्द्रकलाले कसलाई भनिन ‘मुसुक्कै हास मायालु’ ? (भिडियो)

काठमाडौँ । नेपाली गित संगीतको क्षेत्रमा लामो समयदेखी सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिजको कोशे ‘मुसुक्कै हास मायालु’ सार्वजनिक भएको छ ।

नेपाली लोकसगित क्षेत्रमा लामो समय देखी सक्रिय गायिका चन्द्रकला कंवर को शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना रहेको छ । गीतको अडियो तथा भिडियोलाई पुजा डिजिटल म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो ।

विभिन्न कारणले माइत घर जान नपाएकी आफनी प्रेमीकालाई आगामी वर्ष माइतीको आँगनीमा जानको लागी उनका प्रेमीले आग्रह गरेका छन । हरिश महराले छायाँकन , चेतन सागरको सम्पादन , शर्मिला पुरीको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसारको अभिनय विशाल बराल र देवकुमारी बस्नेतको रहेको छ ।