पु.समाचार

बलात्कारीलाई ‘फाँसी दे’ भन्दै राजधानीमा यसरी नग्न रुपमा उत्रिए युवतीहरु !

काठमाडौं । संविधान संशोधन गरे बलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग राख्दैँ युवतीहरुले अर्थनग्न भएर राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार राजधानीको माइतीघर मण्डलामा कालो पेटिकोट लगाएर महिला अधिकारका अभियन्ता साबित्री सुबेदी लगायतका युवतीहरुले व्यापक प्रदर्शन गरेका हुन् ।

अर्धनग्न प्रदर्शन गरेको भन्दै युवतीहरुको बलात्कारविरुद्ध दवाव र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । ‘बलात्कारीलाई फासी दे’ भन्दै व्यापक नाराबाजी भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । तर सुरुमा उनीहरुलाई लिन हम्मेहम्मे परेको र पछि बल्ल प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रहरीले आफूहरुको देशका समग्र नारीको हितमा रहेको र्‍यालीमा धरपकड गरेको भन्दै युवती अभियन्ताहरुले सरकारको घोरा भत्र्सना तथा निन्दा गरेका छन् ।

करिब आधा दर्जन युवती र समलिङ्गी पक्राउ परेका छन् । भदौँ १ गतेदेखि लागू भएको मुलुकी ऐनमा सार्वजनिक स्थानहरु अर्धनग्न हुन नपाईने व्यवस्था गरिएको छ ।