बाग्मती

देशभरका स्थानिय तहलाई चन्द्रागिरीको पाठः सबै सिफारिस नि:शुल्क

काठमाडौं । देशभरका सबै स्थानिय तहमा कर बढिरहेका बेला चन्द्रागिरी नगरपालिकाका अधिकांश वडा कार्यालयहरुले भने वडा कार्यालयबाट गरिने सिफारिस दस्तुर नलाग्ने जनाएको छ । सिफारिस दर्ता वापत लाग्ने दस्तुरहरु निशुल्क गरिएको हो ।

वडा नं. २, वडा नं. १०, लगायत वडाले मृतकसँगको नाता प्रमाणित बाहेकका सबै सिफारिस निशुल्क गरेको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, बसाईसराई दर्ता, मृत्यु दर्ता छात्रवृत्ति सम्बन्धि सिफारिस, स्वास्थ्य सिफारिस, नाता प्रमाणित सिफारिस,खाता सञ्चालन सिफारिस, झै झगडा मेलमिलाप सेवा, फिल्ड निरीक्षण सिफारिस लगायत लगायतका सिफारिस निःशुल्क गरिएका छन् ।

मृतकसँगको नाता प्रमाणितको सिफारिसमा भने ३ सय ५० शुल्क लाग्ने बताईएको छ ।

घटना भएको ३५ दिनभित्र घटना दर्ता नगरेमा २५ रुपियाँ जरिवाना लाग्ने नगरपालिकाले जनाएको छ । कांग्रेसबाट निर्वाचित चन्द्रागिरी नगरपालिका प्रमुख धनश्याम गिरीले नगरपालिकाबाट प्रवाह गरिने सबै सेवासुविधामा लाग्ने दस्तुर केही दिनमा नै सबै वडामा निशुल्क गरिने बताए ।