राजनीति

‘एकाएक डा. कोईरालाप्रति यसरी बढ्दैँछ कार्यकर्ताको आकर्षण’

एचआर जोशी/विराटनगर। आन्तरिक विवादको कारण गुटउपगुटमा रुमल्लिएको देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसलाई मिलाएर पार्टीलाई हाक्न सक्ने आंकलनका साथ प्रभावशाली नेता डा. शेखर कोईरालाको पछिल्लो समयमा लोकप्रियता ह्वात्तै बढेको छ ।

शुक्रबारदेखि गृहनगर विराटनगरमा रहेका डा. कोईरालासँग भेटघाट गर्न स्थानिय नेता कार्यकर्तादेखि प्रशासनिक व्यक्तीहरुको ओईरो लागेको छ । शुक्रबार केन्द्रिय राजधानी काठमाडौँबाट प्रदेश नम्बर १ को राजधानी विराटनगर गएका डा. कोईरालालाई विमानस्थलमा स्वागत गर्न सयौँ स्थानिय जनताको समेत सहभागिताले उनीप्रतिको आकर्षण बढेको प्रमाणित गर्छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका कोईराला परिवारका वरिष्ठ सदस्य डा. कोईराला पछिल्लो समय सातै प्रदेशका कांग्रेसका स्थानियस्तरका कार्यक्रमहरुमा समेत उत्साही भएर उपस्थिती भएको देखिन्छ । सभापती शेर बहादुर देउवाको कार्यशैलीप्रति कतिपय कांग्रेसजनहरु समेत रुष्ट भएका बेला नेतृत्वको विकल्प त होईनन भन्ने संकेत उनीप्रति देखाएको लोकप्रियताले संकेत गरेको छ ।

मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले कोइराला माथी कार्यकर्ताको जन विश्वास बढदै गएको बताए । कोइरालाले गृहनगरमा प्रदेश सभाका सभासद, जिल्ला तहका नेता, नेविसंघ, महिला संघ, तरूण दल र ट्रेड यूनियन कांग्रेसका कार्यकर्तासँग अन्तरक्रिया समेत गरेका छन् । उनको ५ दिन लामो कार्यतालिका लिएर यहाँ पुगेका हुन् ।

डा. कोईराला गत बर्ष भएको प्रतिनिधीसभा निर्वाचनमा मोरङ क्षेत्र नंं. ७ मा तत्कालिन नेकपामा लोकप्रिय नेता लालबाबु पण्डित सँग पराजित भएका थिए । तर पछिल्लो समय स्थानिय तह देखि केन्द्रसम्म एकाएक उनको लोकप्रियता बढ्नुले कोईराला भावी पार्टी नेतृत्वको रुपमा आउन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।