खेलकुद

एशियाडका खेलाडीद्धय मिन र अशिमको बिदाई

काठमाडौँ । थकाली सेवा समिति र थासाङ स्पोर्टस् क्लबले एशियाडमा सहभागि हुन जाने खेलाडीद्धय मिनप्रसाद गौचन र अशिम शेरचनलाई शुत्रवार बेलुकी बिदाई गरेको छ ।

थकाली सेवा समिति केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन र आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनलगायतल शुभकामना दिएका थिए । थासाङ स्पोर्टस् क्लबका कोषध्यक्ष समेत रहेका मिनप्रसाद गौचन र अशिम शेरचनलाई थकाली समूदायको खेलाडी एशियाडमा खेल्न जाने भएकोले सम्पूर्ण समूदायका प्रतिस्ठित महानुभवले बिदाई गरेका हुन् ।

आर्चरीमा पुरुषतर्फ मिनप्रसाद गौचन,अशिम शेरचन,रोशन नगरकोटी र तिलक पुनमगर शनिवार त्यसतर्फ जादैछन् । पुरुषमा ब्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने छ भने उत्कृष्ट एक पुरुष खेलाडीले मिक्स डबलमा पनि प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ भने ज्ञानु अवालेले एकल र मिक्स डबलमा प्रतिस्पर्धा गर्ने छिन् ।

टिम प्रशिक्षकमा नेपाल आर्चरी संघका अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी दिपकराज गुरुङ र ब्यवस्थापकमा महासचिव रमेशप्रसाद शिवाकोटी टिमको नेतृत्व गरेर शनिवार जार्कतातर्फ जाँदै छन् ।