अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रधानमन्त्री इमरान खान सपथ लिदैँ के भने ?

काठमाडौँ । १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्दै निर्वाचित भएका पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले ग्रहण गरेका छन् । उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका हुन् ।

खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको थियो ।

खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गरेका सभामुख क्विसेरले संसदमा घोषणा गरेका थिए ।

विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले शनिबार पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्दै १५ देखि २० सदस्यीय मन्त्रिपरिषद् मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्व क्रिकेट खेलाडी खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ) ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी भएको छ ।

विपक्षीहरूले निर्वाचन परिणाममा धाँधली भएको विचार राख्दै नतिजा अस्वीकार गरेकाकाले विवादकाबीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।