आर्थिक

ज्योति बिकास बैंकको अत्याधुनिक बैंकिङ्ग सुविधा सहित “ज्योति श्रमजिवी बचत खाता”

काठमाण्डौ । ज्योति विकास बैंकले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बैंकिङ्ग सुविधा सहित नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, Visa Debit Card, Smart Mobile Banking,ABBS, C-ASBA, Cheque Book, Internet Baking जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र Good For PaymentCheque जारी गर्दापनि बिषेश छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरुका लागि Jyoti Professional Loan को पनि ब्यवस्था गरिएको छ ।

यस बैंक ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदानगर्न सदैव कटिबद्ध रहेको छ। बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापितगर्न सफल भएकोे छ । हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

हालसम्म बैंकले करिब २लाख बढि खाताबाट १९अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानीगर्न सफल भएको छ । बैंकको हाल कुल चुक्ता पूँजी रु.२ अर्व ५९ करोड रहेकोछ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने प्रकियामा रहेको छ, उक्त कुरा बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवालीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।