आर्थिक

एनएमबि बैंकको सेयर पुजी अब झण्डै ९ अर्ब

काठमाण्डौ । एनएमबि बैंकले नेपाल प्रशासनिक प्रतिष्ठान जावलाखेल ललितपुरमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्ने २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी रु. ८. अर्ब ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।