आर्थिक

एशियनलाईफ इन्स्योरेन्स र एनआईबिएल एस क्यापिटलबीच हकप्रदशेयर निष्काशन सम्झौता

कठमाण्डौ । एशियनलाईफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमारु.७५ करोड ४० लाख बराबरको हकप्रदशेयर निष्काशनगर्नकालागिएनआईबिएलएस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।
उक्त सम्झौता—पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिशेयर रु.१००/—दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासनगर्न लागेको छर हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुलचुक्तापूँजीरु.२ अर्व १ करोड पुग्ने छ ।
रु.पाँच अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्तापूँजी रु. १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । यस कम्पीको जीवन बीमाकोष रु. १३ अर्ब १३ करोड रकूल लगानी रु १२ अर्ब २९ करोड ९६ लाख रहेको छ । कम्पनीले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।