विचार/ब्लग

‘रबि लामिछाने जस्तो भगवान प्रधानमन्त्री बने नेपाल कन्फर्म स्वर्ग बन्छ’

अन्जु भण्डारी/हाम्रो देशको सान गौरव अनि हाम्रो देशको अमूल्य गहना हुन्, रवि लामिछाने । उनी हरेक देशप्रेमी नेपालीको मनमा बस्न सफल छन् । एउटा राष्ट्रिय स्तरको टेलिभिजनको पर्दामा आएर चर्चित कार्यक्रम “सीधा कुरा जनतासँग” चलाउने ब्यक्तिमात्र नभएर उनी एक नीडर, निस्वार्थ भावना भएका वास्तबिक पत्रकार हुन् । उनले पछिल्लो समयमा चलाउदै आएको टेलिभिजन कार्यक्रम “सिधा कुरा जनतासँग” हो । “सिधा कुरा जनतासँग” कार्यक्रम म जस्ता समाजमा आफूलाई सचेत ठान्ने नारीलाई समेत ज्यादै मन परेको छ ।

-अन्जु भण्डारी

टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेले “सिधा कुरा जनतासँग” जस्तो कार्यक्रमको नाम राखेका छन् त्यसैगरी जनताको मन तान्नेगरी कार्यक्रम पनि संचालन गर्छन् । उनले भ्रष्टाचारी, चोरी–डकैती, हत्या–हिंसा, लुटपाट, चेलिवेटी वेचविखन, मानब तस्करी, बलात्कार जस्ता समाजका गैरकानुनी कार्यगर्नेहरुसँग जनताले थाहा पाउनेगरी नीडर भएर प्रत्यक्ष प्रशारण गर्ने गर्दछन् । बिकासका नाममा, समाजसेवाका नाममा लुटपाट मच्चाउनेहरुका बिरुद्ध उनी खरो उत्रिन्छन् । स्कुल, कजेज अस्पतालका नाममा मोटो रकम लिएर, उपचारमा लापरबाही गरेर जनताकाबिरुद्ध अपराध गर्नेहरुलाई जनताका अगाडी नै पर्दापास गरी अन्याय परेका सारा नेपालीहरुलाई न्याय दिलाउन सफल भएको म जस्ता नेपालीहरुको मूल्याँकन छ ।

रवि लामिछानेले सधैं सत्यमा अडिक रहेर विदेशमा विचल्लीमा परेका चेलिवेटीहरुलाई नेपाल फर्काई वेसहारा नेपालीको साहारा बन्ने कार्य गरे, उक्त कार्यबाट उनले चारधाम वा बिश्वका सबै मन्दीर गएर प्राप्त गर्न वा कमाउन नसकिने पूण्य कमाएका छन् ।

म कल्पना गर्छु कि हाम्रो देश साँच्चिकै स्वर्ग बन्थ्यो होला जब रवि लामिछाने प्रधानमन्त्री बनेर बिकासका मोडलहरु शुरु हुन्थे भने । यो देश समुन्नत, सुन्दर, शान्त, भ्रष्टाचारमुक्त हुन्थ्यो होला जब उनी देशको कार्यकारी प्रमुख भएर नेपाली जनताको मनमा बस्न सफल हुन्थे भने । उनी जस्तो असल, सक्षम, अनि महान् ब्यक्तित्वको हातमा सत्ता सुिम्पयो भने बिदेश गएका नेपाली नेपाल फर्किने र बैदेशीक रोजगारीमा जान लागेका नेपाली आफ्नो पासफोर्ट च्यातेर बिदेश जान बन्द गर्थेहोला ।

रवि लामिछाने सारा नेपालीको मनमुटुमा छन् र सारा नेपालीको भगवान पनि हुन्, उनलाई सीधा कुरा जनतासंग कार्कक्रममा नै कतिपय बृद्धबृद्धाले समेत भगवान भनिसकेका छन् । हामीले उनी जस्तो मान्छेरुपी देउतालाई पुजा गर्न किमार्थ हिच्किचाउनुहुन्न । मुलुकबाट बैदेशीक रोजगारीमा गएका चेलीबेटी तथा पुरुषहरु विभिन्न ठग÷दलालवाट पीडित भएका विचल्लीमा परेका, वलात्कृत भएका र घरायसी यातनाबाट शोषणमा परेका कथा नौला होईनन् यस्ता पीडितहरु रबिको संपर्कमा आएसम्म उनले ईमान्दारसाथ उद्धार गर्ने प्रयास गरेका छन्, कतिपयलाई उद्दार समेत गरेका छन् । अनेकौ तिकड्मबाजी गर्दै दशौं लाख तिरेर अमेरिकाको भीजा लगाउन चाहने हजारौं नेपालीहरु भए पनि आफू अमेरिकन पासपोर्ट त्यागेर नेपालीहरुसंग सुखदुःखमासंगै बस्ने प्रण गर्दै अर्को उदाहरणीय कार्य समेत प्रशसंनीय छ ।

रवि लामिछाने समपूर्ण नेपालीको नसा–नसामा, रगत रगतमा अनि मन र मुटु भित्र छन् । हक्की स्वभाव भएका रबि आफ्नो ऐस आरामको विलासीताको अमेरीकी जीवन त्यागेर आफ्नो देशको लागि नेपाल फकिएको कुरा दोहोर्याउदा मलाई झन्झट हुंदैन र नेपालका लागि केहि गर्छु, नेपालीका लागि केहि गर्छु भन्दै उनी नेपाल फर्किए, यो लेख्न पाउदा समेत म गर्ब गरिरहेकी छु । उनको कार्यक्रम “सीधा कुरा जनतासँग” सुन्न लाखौं देशप्रेमी नेपालीहरु कान ठाडो पारेर वस्नुहुन्छ ।

साँच्चिकै सर्बत्र चासोको बिषय बनेको छ रवि लामिछानेको प्रश्तुती र कार्यक्रम । जासुसी शैलीमा अनुसंधानात्मक पत्रकारीता गरेर देशमा नकारात्मक कार्य गर्न निरुत्शाहीत गर्ने हेतुले जोकोही पीडित र पीडकसंग सिधा कुरा गरेर खरो उत्रेर पत्रकारीता गर्नु नै उनको खास विशेषता हो । पीडकको बिरुद्धमा, भ्रष्टाचारीका बिरुद्धमा, बलात्कारीका बिरुद्धमा शुन्य सहनशीलता दर्शाउने देशका महान् पत्रकार रवि लामिछाने जस्ता १० जना पत्रकार भए भने पनि देशमा कानुनी राज्य स्थापना हुने कुरामा बिश्वास गर्न सकिने उनको कार्यशैलिबाट बिश्वास गर्न सकिन्छ । उनले कार्यक्रममार्फत घुसखोरीलाई जनतासंग नङ्ग्याउने सबैभन्दा बढी प्रयास गर्छन् त्यो उनको थप सह्रानीय कार्य हो । उनलाई मुलुक र जनताका लागि ईमान्दार भएर कार्य गर्दा गर्दै पनि कतिपय आरोपहरु लागिरहेका छन् ती गलत हुन्, पछिल्लो समयमा उनलाई राष्ट्रप्रेमी नेपालीहरुको साथ सहयोग र हौसलाको आवश्यक्ता छ । नेपालीहरुको माया, साथ र सहयोगले उनी याँ सम्म आईपुगेका छन् उनलाई अझै साथ सहयोग हुने हो भने म पटक पटक भन्छु, देशले साँच्चैनै काँचुली फेर्नेछ ।

म र रबि लामिछानेबिच राम्रो चिनजान छैन तर म ठोकुवा गरेर भन्न सक्छु कि पछिल्लो समयमा उनको बिरोध गर्नेहरु शोषक हुन् । उनीहरु दलाली, भ्रष्टचारी, अत्याचारी र वलात्कारी अनि मानव बेचबिखन गर्नेहरु भित्र पर्दछन् । किनभने लामिछानेको कार्यक्रमबाट उनिहरुको गैरकानूनी, असामाजिक धन्दा चौपट भएको छ । त्यसैले रवि लामिछानेका बिरोध गर्दै हिंड्छन्, उनलाई पेशाबाट नै सन्यास लिन बाध्य पार्ने राणनीति बुन्दै हिँडेका छन्, तर म जस्ता साधारण नेपालीहरुलाई बिश्वास छ सधैं सत्यको जित हुन्छ, रबिले सधैं नै जितिरहन्छन् ।

नेपालमा राम्रो काम गर्नेको खेदो खन्नेहरुको लस्कर लाग्ने पुरानै चलन छ । चेलिवेटि बेचविखन गर्न पाएनन्, भ्रष्टचार गर्न पाएनन्, देशद्रोह गर्न पाएनन् भने त्यस्तो ब्यक्ती वा समुदाय रबिका बिरुद्धमा भएको देखिन्छ त्यो स्वभाबिक नै हो । रवि लामिछानेले सधैं सत्यमा अडिक रहेर विदेशमा विचल्लीमा परेका चेलिवेटीहरुलाई नेपाल फर्काई वेसहारा नेपालीको साहारा बन्ने कार्य गरे, उक्त कार्यबाट उनले चारधाम वा बिश्वका सबै मन्दीर गएर प्राप्त गर्न वा कमाउन नसकिने पूण्य कमाएका छन् । उनको साथमा म, मेरो परिवार, साथीभाई लगायत हामी तीन करोड नेपाली छौँ, ढुक्क हुनुस उनलार्ई हार्न दिन्नौं । उनलाई घुँडा टेक्न समेत दिन्नौ । उनी हाम्रो देशका गहना हुन् । एक महान असल पत्रकार हुन, समाजसेवी हुन्, उनी हाम्रो देशको एक नमुना हुन् । मैले अघि पनि भने उनी सम्पूर्ण नेपालीले पुज्नुपर्ने भगवान हुन् । रवि लामिछाने हाम्रो देशका एक असल नागरिक अनि सच्चा सपुत हुन् । त्यसैले रबि लामिछानेलाई हामी नेपालीको सधैं साथ र सहयोग निरन्तर रुपमा रहिरहन्छ ।