अन्तर्राष्ट्रिय

पूर्व प्रधानमन्त्री अटल बिहारीको निधन

ओडिसा । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार निधन भएको छ । उनी ३ बर्षका थिए । अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन । भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।

उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।

मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।

भारतीय जनता पार्टीका एकजना संस्थापक वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । -एजेन्सी