मनोरञ्जन

‘माईतीको भाईलाई’ भर्खरै बजारमा (भिडियो)

काठमाडौं । तीजको पूर्व सन्ध्यामा ‘माईतीको भाईलाई’ बोलको तीज गीत बजारमा आएको छ । दिवाकर भण्डारीको शब्द, सङीत अनि अवाजमा रहेको गीतको भिडियो लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा दिवाकर भण्डारी बिष्णु कार्की, सिता क्षेत्रीले स्वर रहेको छ ।

गीतमा चर्चित हास्य टेलिसिरियल मेरी बास्सैका रोजी, घिरौले, सापटी र कालेलाई फिचरिङ गरिएको छ । उक्त गीतको भिडियोलाई दिपकमान उदासले खिचेका छन् भने उनैले सम्पादक गरेका छन् । तिलकुमारी मिडियाको लगानीमा बनेको उक्त गीतको भिडियोलाई लेखान्त भुसाल उर्फ घिरौले र सापटीले निर्देशन गरेका छन् ।