आर्थिक

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी घोषणा

काठमाडौँ । देशभरिका किशोर किशोरीहरुको शानदार सहभागिता पछि, हामी वाई वाई ग्लोकल टिन हिरो २०१८ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरेको छ । यो बर्ष देश भरिका किशोर किशोरीहरुबाट कुल ५३२ आवेदन आएको थियो जसले उपेक्षा गरिएको उमेरसमूहको किशोरकिशोरी भित्र रहेको सम्भावना देखिएको छ । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका छन् ।

किशोर किशोरीहरुलाई सम्मान गर्ने एकमात्र मंच रहेको वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आबिस्करक– विकल्प ढुंगाना, लेखिका– दीपशिखा घिमिरे, सामाजिक अभियन्ता–प्रशंशा के.सी,उद्यमी –सौगात तिवारी, इकोप्रेनेर – सुदर्शन सुबेदी र सामाजिक उद्यमी–स्वोर्निम श्रेष्ठ रहेका छन् ।

वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर –किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गरिएको हो । यस मन्च मार्फत किशोर –किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर – किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

समर्पित र रचनात्मक किशोर –किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो । नवलपरासीकी बिपना शर्मा, बाल–अधिकार कार्यकर्ता र सन्तोष लामिछाने, युवा वैज्ञानीक सोही कार्यक्रममा प्रथम भई २०१५ र २०१६ मा क्रमश पुरस्कृत भएका थिए । त्यस्तै दाङका सचिन डाँगी २०१७ मा ग्लोकल टीन हेरो भएका थिए । काठमाडौँबाट सुरुवात भएको यो कार्यक्रम यस वर्ष देशभरिका ४०० बढी स्कुल र कलेजहरुमा र ५०००० बढी किशोर कोशोरी माझ पुगेको थियो।