खेलकुद

अध्यक्ष हरिशरण सम्मानित

काठमाडौं । नेपाल वादोरियो करातो संघका अध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव हरिशरण के.सी. बिहिबार सम्मानित भएका छन् । के.सी.लाई जन आकाश राष्ट्रिय साप्ताहिकको एघारौं बार्षिकोत्सवको अवसरमा नेपाली खेलकुदमा कुशल खेलाडी तथा प्रशिक्षक भई कराते खेल मार्फत अन्तराष्ट्रिय खेल क्षेत्रमा पदक हात पार्दै राष्ट्रको गौरव तथा प्रतिष्ठा उच्च राख्नुका नेपाल बादोरियो कराते संघको अध्यक्ष तथा नेपाल कराते महासंघको महासचिव जस्तो गरिमामय पदमा पुग्न सफल भएकोमा सम्मान स्वरुप जन आकाश मेडिया प्रा.लि.ले “जन आकाश खेलकुद सम्मान” प्रदान गरिएको हो ।

बिहिबार एक कार्यक्रमबिच पूर्व प्रधान तथा नेकपा मालेका महासचिव सि.पी. मैनालीले के.सी.लाई सम्मान पत्र प्रदान गरे । उक्त अवसरमा जन आकाशले विभिन्न क्षेत्रमा योगदान पु¥याउने १५ ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।