समाचार

त्रिपाठी र गुप्तालाई आफ्नो पार्टीमा भित्र्याउदैँ ओलीले भनेः मैले मौरीको जस्तै उडान भरेको छु

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हृदेश त्रिपाठी र बृजेश गुप्ताल गायत नेता लाई आफ्नो पार्टीमा भित्र्याएका छन् । पार्टी मुख्यालय धुम्बाराही आयोजित एक कार्यक्रमका बीच उनले सूर्य चिह्न लिएर चुनाव जितेकालाई स्वागत गरेका हुन् ।

पार्टी प्रवशे पछि ओलीले आफू र आफ्नो पार्टीले मौरीको जस्तै उडान भरेको बताएका छन् । मौरीसँग गए फूलतिर गईने र झिँगासँग सँगत गरे फोहोर तिर गईने भन्दै पार्टी अध्यक्ष ओलीले आफू मौरी भएको दावा गरे ।

नेकपालाई विश्वास गरेर पार्टीमा प्रवेश गर्नेहरु कहिल्यै पछुताउन नपर्ने दाबी अध्यक्ष ओलीको थियो । कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।

गत निर्वाचन अघि राजपा त्यागी नवलपरासी १ बाट प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदेयेश त्रिपाठी र बृजेश गुप्ता लगायत आधा दर्जन बढी बढी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।