समाचार

‘बहस महासंग्राम २०१८’ काठमाडौमा सम्पन्न, क-कसले मारे बाजी ?

काठमाडौं । नेपालका युवा बहसकर्ताहरुलाई अन्तराष्ट्रिय स्तरको बहसमा भाग लिने अवसरको सृजना गर्ने उद्देश्यका साथ महासंग्राम २०१८ सम्पन्न भएको छ । Debate Network Nepal जेभिएर एकेडेमी, लाजिम्पाट द्वारा संयुक्त रुपमा आयोजना गरिएको प्रतियोगिताका साउन २५ देखि २८ गतेसम्म जेभिएर एकेडेमी, लाजिम्पाटमा संचालन भएको थियो ।

चार दिन लामो कार्यक्रममा वक्ताहरुलाई गहन प्रशिक्षणका साथसाथै बेलायती संसदीय मोडलमा प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमको मुख्य उदेश्य युवाहरुलाई सशक्त बनाउनुका साथसाथै उनीहरुको बहसमा उपस्थितीलाई संख्यात्मक र गुणात्मक दुबै हिसाबले अभिवृद्दि गर्नु थियो । यसको लागि उनीहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामयिक तथा अन्य विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनुका साथै प्रतिस्पर्धा गराइएको थियो । नेपालमा बहसको संस्कृतिलाई संस्थागत गराउने क्रममा अर्को सफलताको रुपमा यो प्रतियोगितालाई हेरिएको छ । देशभरीबाट ५० टोलीले अंग्रेजी तर्फ खुल्ला र नोभिस तथा नेपाली तर्फ खुल्ला प्रतियोगितामा भाग लिएका थिए ।

फाइनलमा नेपालीको खुल्ला तर्फ आयाम समुहका दिपशिखा घिमिरे र अनुशा नेपालले सफलता हात पारे भने अंग्रेजी खुल्ला तर्फ Trustworthy Liar  समुहका सविश्र कडेँल र असिम अन्सारी तथा अंग्रेजी नोभिस प्रतियोगितामा मिलनसार समुहका प्रियङ्का आर्चाय र वृत्ति पौडेले प्रथम स्थान प्राप्त गरे ।

अनुदित बस्नेत, आङसोम शेर्पा र आशिस पौडेललाई उत्कृष्ट नेपाली, अंग्रेजी र नोभिस वक्ताको उपाधि दिइयो । उत्कृष्ट निर्णायक प्रदिप घिमिरे घोषित भए ।

म्ल्ल् का अध्यक्ष राज खरेलले सहभागिहरुलाई सम्बोधन गर्दै, महासंग्राम २०१८ विषयहरुको छनोट र विचारहरुको गहनता दुवैका हिसाबले यो वर्षकै सबैभन्दा प्रतिस्पर्धात्मक बहस प्रतियोगिता हुन पुगेको बताए । प्रतियागिताको निर्णायक मण्डलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खारिएका बहसकर्ताहरुको समुह थियो ।

बंगलादेशका आकिब फरहान हुसेनका साथमा पवन अधिकारी, निश्मा गौतम लगायत मुख्य निर्णायक मण्डलमा समावेश थिए। महासंग्राम २०१८ लाई बैंक अफ काठमाडौं र माथेमा फाउण्डेशनले साथ दिएको थियो भने नोबेल ट्रेक्स र ग्रेस इन्टरनेशनलको पनि साझेदारी रहेको थियो । जेभियर एकेडेमीका ईशा सुवेदी र अमिरा न्यौपाने तथा DNNको तर्फ बाट एलिश श्रेष्ठ कार्यक्रम संयोजकको भुमिकामा थिए ।