आर्थिक

सिभिल बैंकको खुद मुनाफामा ८५.२०%को फड्को, ऐतिहाशिक सफलता

काठमाण्डौ । सिभिल बैंकले आव२०७४/७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले रु ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२०%को फड्को हो । त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आवको तुलनामा ३.३९%ले घटेर रु. १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८%ले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै रु. १६.९१ करोड आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७%ले बृद्धि भएको छ ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८%ले बृद्धि गरी रु. ४० अर्ब १ करोड संकलन गरेको छ भने कर्जा प्रवाह गत आवको तुलनामा ३३.७१%ले बृद्धि गरी रु. ३९ अर्ब ४६ करोड गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८%बाट घटेर २.६५% भएको छ ।

बैंकले गत आवको तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम रु ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम रु २९करोड ६७ लाख केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढीे छ ।

आव २०७४/७५को मसान्तसम्म २५०,००० भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।