प्रदेश 1

लागुऔषधसहित धरानका राईद्वय प्रहरीको फन्दामा

इनरुवा । धरान उपमहानगरपालिका–११ स्थित शान्ति चौकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर ट्याम्केमैयुम गाउँपालिका–१ का १७ वर्षीय राजन राई र सोही गाउँपालिका–२ का १६ वर्षीय पारुहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले को२४प २९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट १७ एम्पुल लागुऔषध टिडिजेसिक बरामद गरेको हो ।

बरामद लागुऔषधसहित दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।