राजनीति

झन्डैँ आठ करोड चन्दा उठाएको रेकर्ड भेटिएपछि विप्लव प्रवक्ता प्रकाण्डले यसो भने !

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विक प्रकाण्डले आफूलाई लागेको आरोप स्वीकारेका छन् । अनुसन्धानमा संलग्न अधिकारीहरुले ७ करोड ५६ लाख रुपियाँ चन्दा उठाएको रेकर्ड भेटेपछि प्रकाण्डले उत्त, आरोप स्वीकार गरेका हुन् ।

अवैध रुपमा झन्डै ८ करोड चन्दा उठाएको आरोप लागेर १ सातादेखि थुनामा रहेका प्रकाण्डले बुधबार आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउन पक्राउ परेका प्रकाण्डले बयान दिने क्रममा भनेका छन्, आर्थिक, भौतिक र नैतिक हिसाबले हामीले सहयोग लिएका छौं’ भनेका छन् । ‘चन्दा नभइ, सहयोग लिएको थिए ।, ‘हाम्रो पार्टीको नीति नै यही हो’

चन्दा ऐन २०३० अनुसार २ वर्ष कैद वा संकलित रकम जफत वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ। प्रकाण्डको कसुर प्रमाणित भए उनी सजायको भागेदार हुनेछन् । प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा नरेन्द्रबहादुरले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिट अनुसार उनलाई बिहिबार सर्वोच्चमा उपस्थित गराईदैँछ ।