बाग्मती

बस दुर्घटनामा ४० घाइते

नुवाकोट । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।