लुम्बिनी

बाढीपीडितलाई खानेपानी सुविधा

बर्दिया । बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो । वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी दिए ।