राजनीति

आफ्नैँ सांसदले मागे प्रधानमन्त्री ओलीको राजिनामा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै सांसदले चेतावनी दिएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा दाङ क्षेत्र नं. १ बाट संसदमा प्रतिनिधित्व गरेका सासंद मेटमणि चौँधरीले प्रधानमन्त्रीको राजिनामा मागेका हुन् । ईतिहासकै शक्तिशाली मानिएका प्रधानमन्त्री ओलीलाई आफ्नै सांसदले चुनौती दिनुका पछाडी अनेकन कारणहरु रहेका छन् । जनतासामु निर्वाचनमा बेला गरिएका प्रतिवद्धताहरु सबै नगरिएका भन्दैँ प्रधानमन्त्रीसँग आक्रोश पोखेका हुन् ।

हामीले दुनियाले सुन्नेगरी बृद्धभत्ता ५ हजार बढाउछु भनेर एक रुपियाँ पनि बृद्धि नगर्नु जनतालाई विश्वासघात गर्नु बाहेक अरु केही नभएको उनको भनाई छ । प्रधानमन्त्री जनतालाई महत्वकांक्षी सपना तथा योजनाहरु सुनाउने काम मात्रै गरेको उनको आरोप छ । पहिला जनताको आवश्यकताको प्राथमिकताबाट अगाडी बढ्नुको विकल्प नरहेको भन्दैँ सांसद चौँधरीले प्रधानमन्त्रीको ओालीको मानसिकता परिवर्तन हुनै नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औँल्याएका छन् ।

प्रधानमन्त्री ओलीले दृष्टिकोण नभएको अर्थमन्त्री बनाएको भन्दैँ उनी रुष्ट बनेका छन् । वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई परिवर्तन नगरे देशले काचुली नफेर्ने उनको तर्क छ ।