गण्डकी प्रदेश

बाँदरबाट दुःख

काठमाडौँ । सांसद नारायणप्रसाद पङ्गेनीले स्याङ्जाका विभिन्न स्थानमा बाँदरले दुःख दिएकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले भने, “बाँदरका हुलका हुल आएर किसानको खेतीबाली नष्ट गरेका छन् । वर्षभरी उपभोग गर्ने अन्नबाली बाँदरले आइदिएपछि किसानले के खालान् ? तत्काल बाँदर नियन्त्रण गरियोस् ।”