विचित्र संसार

भिख मागेरै अरवपति, मासिक ७५ लाख कमाउने यिनलाई प्रहरीले किन गर्यो पक्राउ ?

काठमाडौं । भिख मागेर मासिक ७५ लाख कमाउने भिखारी पक्राउ परेका छन् । संयुक्त अरब इमेरेट्सको दुबइका सडकहरुमा भिख माग्ने एक भिखारीले मासिक ७५ लाख कमाउँदै आएका थिए । भिख मागेको रकमबाटै उनी अरवपति समेत भइसकेका छन् तर भिख माग्ने पेशा भने उनले छाडेका थिएनन् ।

सन् २०१६ को पहिलो ३ महिनामा दुबर्इमा ५९ भिखारी पक्रउ परेको त्यहाँको सरकारी निकायले बताएको छ । दुबर्इबाट भिखारी हटाउन अभियान सञ्चालनका क्रममा यी भिखारी पक्राउ परेका हुन् ।

दुवईका मस्जिद अगाडी बस्ने भिखारीहरुले धेरै रकम पाउने गरेका छन् । एक जना भिखारीले महिनाको २ लाख ७० हजार दिरामसम्म संकलन गरेको सरकारी निकायले जनाएको छ । –एजेन्सीको सहयोगमा