पु.समाचार

उपसचिव आचार्यमाथि हातपात गर्ने निरीक्षकलाई कारवाही

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ ।

आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने बताए । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै भण्डारीले उपसचिवमाथि हातपात गर्नु भएको बताइएको छ । विद्यालय निरीक्षक भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नाका साथै मन्त्रालयको गमला र फर्निचरसमेत तोडफोड गरेको अभियोग लगाइएको छ । सरुवाका विषयमा आइतबार हातपात भएपछि आज मन्त्रालयमा भीडभाड देखिएको छैन ।