सूचना प्रविधि

‘सबै विद्यार्थीले कम्प्युटर प्रयोग गर्न जानून्’

काठमाडौँ । सञ्चार, सूचना र प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार र निजी क्षेत्रको संयुक्त सहभागिताले मात्र मुलुकको दिगो आर्थिक विकासको लक्ष्य पूरा हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘कागज प्रयोगविहीन समाज र विद्युतीय रोजगार’ विषयको अन्तक्र्रियामा उनले सरकार जनताको चाहनानुरुपको अपेक्षित लाभ पु¥याउन हरदम निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न कुनै कञ्जुस्याइँ नगरेको बताउँदै मन्त्री बाँस्कोटाले भने, “निजी क्षेत्रले पनि राष्ट्र र जनतालाई हितमा राखेर सूचना र प्रविधिको क्षेत्रलाई जनमैत्री बनाउनुपर्छ र लगानी गर्नुपर्छ ।”

मन्त्री बाँस्कोटाले सरकार २९ हजार सरकारी विद्यालयमा पढ्ने सबै विद्यार्थीले कम्प्युटर प्रयोग गर्न जानून् भन्ने चाहन्छ भन्दै विद्यालयमा सूचना प्रविधि जान्ने शिक्षकको अभाव, भौगोलिक विकटता तथा पूर्वाधार र विद्युतीय सेवा नपुग्नाले सरकारको चाहनामा केही कठिनाइ र ढिला हुन गएको हो भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले युगअनुसारको योजनाका साथ जनताको चाहनानुरुप सूचना र प्रविधिमैत्री विकास आजको आवश्यकता रहेको औँल्याए।