सुदूरपश्चिम

तीन आयल स्टोरमा सिलबन्दी

धनगढी । बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा आज सिल गरेको छ ।

सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन् । तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल स्टोरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्वा रामुर्ति सिंहले जानकारी दिए ।

ती आयल स्टोरका सञ्चालकमाथि प्रचलित कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले आज धनगढीका विभिन्न छ वटा आयल स्टोरमा अनुगमन गरेको थियो ।

टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।