खेलकुद

कलाकार भेट्रानको विजयी सुरुवात

काठमाडौं । कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा कलाकारले सजन स्मृतिलाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ मरिचमान श्रेष्ठ र हरि डाँगीले २–२ तथा डम्बर नेपालीले १ गोल गरे ।

एसियन इन्टरटेन्मेन्ट एन्ड जुना फिल्मस्को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अर्को खेलमा बनेपाले टुसाललाई ४–१ गोलले हरायो । बनेपाका विक्रम श्रेष्ठले २ तथा प्रदीप धगौडा र अनिश श्रेष्ठले १–१ गोल गरे । विक्रम ‘म्यान अफ द म्याच’ चुनिए । टुसालका प्रज्ज्वल गुरुङले सान्त्वना गोल गरे । विजेता दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको प्रतिनिधि सभाका सांसद् गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ २ गतेसम्म हुने नकआउट प्रतियोगितामा १४ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।