प्रदेश 1

खोलाले बगाएर दुई बेपत्ता

उर्लाबारी मोरङ । ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।

पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिए ।