शिक्षा

धारापानी माविः हीरकोत्सव

पोखरा । अन्नपूर्ण गाउँपालिका–३ कास्कीस्थित धारापानी माध्यमिक विद्यालयले वार्षिक कार्यक्रमका साथ हीरक जयन्ती मनाउने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले आगामी भदौ १ गते हीरकोेत्सव मनाउन विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पौडेलले हीरक जयन्तीका अवसरमा अन्तर गाउँपालिका, वडा एवं स्रोतकेन्द्रस्तरीय विभिन्न प्रतियोगिता आयोजना गरिने बताए ।