आर्थिक

बौदी कालीमा नयाँ शाखाबाट कारोवार संचालन

काठमाडौं । वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीयतहमापुग्नुपर्ने नियमन र सरकारको चाहनाअनुसार दुर्गम स्थानका स्थानीय तह सम्मशाखा पु¥याई बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचानबनाउन सफल रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२औं शाखा हो ।

नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने विश्वास लिइएको छ ।

ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनिनिक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सकिनेछ ।

यो संगै बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।